करेन्ट लागेर गम्भीर घाइते

रासस

शुक्रबार, २१ जेठ २०७८, २१ : ४०
करेन्ट लागेर गम्भीर घाइते

काठमाडौं । यहाँका एक बालक करेन्ट लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार सदरमुकाम सिलगढी बस्ने १२ वर्षीय पवन विश्वकर्मा घाइते भएका हुन् ।

बाटो नजीक लत्रेको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

करेन्टले उनको शरीरभरि घाउ भएको र गम्भीरावस्था रहेको उनकी दिदी अस्मिताले जानकारी दिए । बाटामा विद्युत् तार खसे पनि नहटाउने तथा लापरवाही गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न पीडित पक्षले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस