दक्षिण सुडानको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने

रासस

शुक्रबार, २१ जेठ २०७८, २१ : ०२
दक्षिण सुडानको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने

काठमाडौं । दक्षिण सुडानमा हुन गइरहेको प्रजातान्त्रिक प्रक्रिया अन्तर्गतको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने भएको छ । हाल दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सो कुराको जानकारी दिएको छ । 

दक्षिण सुडानमा जारी अन्योलको अन्त्य गरी प्रजातन्त्रकको स्थापनाका लागि प्रक्रिया शुरु हुने भएको र सोका लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको हो । यहाँ हाल संविधान लेख्ने प्रक्रियाका लागि विभिन्न कार्यहरु भइरहेका छन् । यसै अन्तर्गत नै आगामी सन् २०२३ मा आम निर्वाचन हुने भएको हो । 

सो निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने प्रतिबद्धता आएको छ । हाल सुडानमा जारी संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख निकोलस हाएसनले यहाँको सरकारलाई यो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले बिहीबार भन्नुभएको छ कि हाम्रो प्राथमिकता भनेको दक्षिण सुडानमा प्रजातन्त्रका लागि आवश्यक संरचनाको स्थापनाका लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । 

दक्षिण सुडानमा नयाँ संविधान निर्माणको प्रक्रियाका लागि सन् २०२३ मा आम निर्वाचन हुने भएको छ । सो निर्वाचनका लागि पनि संयुक्त राष्ट्रसंघले आवश्यक प्राविधिक र आर्थिक सहयोग पु¥याउने पनि उहाँले जानकारी गराउनुभएको छ । 

सुडानको राष्ट्रसंघीय मिसनले हालैमात्र यहाँको सरकारलाई के कस्तो सहयोग आवश्यक छ भनेर सोधेको बताइएको छ । आगामी निर्वाचनबाट नै दक्षिण सुडानको अहिलेको अन्योलको अवस्था हट्ने भन्दै सुडानको राष्ट्रसंघीय मिसनले यसका लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएको छ । 

प्रतिक्रिया दिनुहोस