प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एकजनाको मृत्यु, एक गम्भीर, चालक छोरा फरार

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०९ : ३१
प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एकजनाको मृत्यु, एक गम्भीर, चालक छोरा फरार

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सांसद कार्कीको कार भने छोरा रविन कार्कीले चलाएका थिए ।

विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे भएको सवारी कार दुर्घटनामा पैदलयात्री मुकेश शर्माको मृत्यु भएको हो । उक्त कारमा दुई युवती समेत सवार रहेको बताईएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार घटनामा भारतीय नागरिक ३५ वर्षीय शर्माको मृत्यु र अर्का २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन् । 

विमानस्थल सडकको पूर्वबाट पश्चिमतर्फ जानेक्रममा प्रदेश सभासदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। 

प्रवक्ता राईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोशी अस्पतालमा पुर्‍याएलगत्तै  चिकित्सकले मृत घोषित गरेका थिए। प्रदत्यक्षदर्शीका अनुसार कारमा कार्कीका छोरा रोविन र अन्य दुई युवती थिए। 

प्रतिक्रिया दिनुहोस