कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान

रासस

बुधबार, १९ जेठ २०७८, १४ : ०२
कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान

अबुजा ।  नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् । समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेका छन् ।   

“कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ,” विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भनेका छन् । 

अहिलेको महामारी धेरै ठूलो भएकाले कुनै एउटा देश वा निकायले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रियस्तरबाट नै गर्नुपर्ने उनको भनाई छ । मानव तथा मानव जीवनशैलीमाथि कोरोनाभाइरसले धावा बोलेको राष्ट्रपति बुहारीले विदेशी कुटनीतिक अधिकारीहरुसँग बताए । 

“सबैले एक अर्का देशलाई सम्मान गर्दै सहयोग र सहकार्य पनि गर्नु अति आवश्यक देखिएको छ, त्यसका लागि म सबैलाई आग्रह गर्दछु,” उनले भने । उनले दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा सहकार्य गर्न चाहेको पनि राष्ट्रपति बुहारीले सो अवसरमा बताएका थिए । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस