नवलपरासीमा रहेको चौधरी ग्रुपको वियर उद्योगमा भिषण आगलागी

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १० : ४७
नवलपरासीमा रहेको चौधरी ग्रुपको वियर उद्योगमा भिषण आगलागी

नवलपरासी । नवलपरासीमा रहेको चौधरी ग्रुपको बियर उद्योगमा भीषण आगलागी भएको छ ।  प्रहरीका अनुसार देवचुली नगरपालिका २ स्थित रजहरमा रहेको उद्योगको बियर गोदाममा (आज) बुधबार बिहानबाट भीषण आगलागी भएको हो ।

ठुलो आगलागी भएकाले प्रयास गर्दा पनि हाल सम्म आगो नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ । आगोलाई नियन्त्रणमा लिन तीन वटा दमकल परिचालन गरिएको छ । आगलागीस्थलमा अहिले सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र दमकल खटिएका छन् ।

आगलागी नियन्त्रणमा आउन नसकेपछि आसपासका जिल्लाहरुबाट पनि दमकलहरु बोलाईएको छ । अन्यत्र आगो नफैलियोस भनेर भित्र रहेका केही भवनहरुलाई डोजरले भत्काउन समेत थालिएको छ । आगलागीबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस