आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, ०८ : १३
आजको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा त्यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।

अहिले प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस