बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा संसदीय दलका नेताहरुसँग छलफल

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १९ : ३९
बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा संसदीय दलका नेताहरुसँग छलफल

काठमाडौं । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका हुन् । उनले  आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग मंछलफल गरेका हुन् । 

छलफलमा नेपाली कांग्रेस संसदीय दलका  नेता राजीव कोइराला, माओवादी केन्द्र  संसदीय दलका नेता इन्द्रबहादुर आंबो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

 छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए । सो क्रममा ढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएका ेछ । 

सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गन समेत विपक्षी दलका नेताहरुलाई उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस