प्रदेश २ मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यबाट कारवाही गरेका ३ जनाद्धारा पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा मुद्धा दायर

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ११ : ०७
प्रदेश २ मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यबाट कारवाही गरेका ३ जनाद्धारा पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा मुद्धा दायर

जनकपुरधाम । नेकपा एमालेको लागेको भन्दै नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि प्रदेश सांसद पद गुमाएका प्रदेश २ का तीन सांसद सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । 

उनीहरु तीनै जनाले नियम विपरित आफूहरुलाई अपदस्त गरिएको भन्दै झण्डै डेढ महिनापछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मुद्दा दिएका छन् ।

पदमुक्त भइसकेको प्रदेशसभा सदस्य कुन्दन प्रसाद कुशवाहा, रामचन्द्र मण्डल र समानुपातीक सदस्य मोहम्द समीरले संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण तथा परमादेश लगायतका आदेश जारी गरि पाउँ भनि सर्वोच्चमा मुदा दिएका हुन् ।

तीनैजनाले नियम विपरित माओवादी केन्द्र प्रदेश २ ले प्रदेशसभा सदस्य पदबाट अपदस्त गरेको भन्दै जेठ १३ गते सर्वोच्च अदालतमा उत्प्रेषण उक्त परमादेशको मुद्दा दिएका हुन् । यसका साथै उनीहरुले आफूहरुको प्रदेशसभा सदस्य पद कायम गरी पाउँ भन्दै माग समेत माग गरेका छन् ।

ती नेताहरु आफूहरु जनताको मत पाएर निर्वाचित भएको, निर्वाचन आयोगले प्रदेशसभा सदस्य पदको प्रमाण समेत दिएको, दलबाट राजीनामा नदिएको लगायतका तर्कहरु राख्दै सर्वोच्च अदालत पुगेका हुन् । यता सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले गत जेठ १६ गते निवेदक र  विपक्षीहरुलाई छलफलका लागि १५ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस