काठमाडौं । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गर्नुभएको छ ।
सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहनुभएका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताउनुभएको हो ।
“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उहाँले भन्नुभयो । तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उहाँको भनाइ छ ।
अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उहाँले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गर्नुभएको छ । भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उहाँले तर्क गर्नुभएको छ ।
अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ जेठ २०७८, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु