दाङमा विषालु सर्पको टोकाइबाट युवकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १४ : ४१
दाङमा विषालु सर्पको टोकाइबाट युवकको मृत्यु

दाङ । दाङमा विषालु सर्पको टोकाइबाट एक जना युवकको मृत्यु भएको छ । जिल्लाको  तुलसीपुर उपमहानरपालिका ८,अश्वार निवासी २५ वर्षिय टिकाराम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बाँया खुट्टामा टोकेको थियो ।उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको  हो ।पछिल्ला दिनहरु यहाँ सर्पको टोकाइवाट तराईका जिल्लाहरु मृत्यु हुने क्रम देखीएको छ ।

प्रतिक्रिया दिनुहोस