अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरु बन्द

एजेन्सी

आइतबार, १६ जेठ २०७८, १३ : ३१
अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरु बन्द

सांकेतिक तस्वीर

काबुल । अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालयहरु कोभिड १९ को प्रभावका कारण बन्द गरिएको छ ।

यहाँको सरकारले शनिबार सो घोषणा गरेको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका ३४ ओटा प्रान्तमध्ये १६ ओटा प्रान्तका सम्पूर्ण विद्यालयहरु शनिबारदेखि बन्द गराएको छ ।

अफगानिस्तानको सरकारले शनिबार यस विषयमा जानकारी गराएको हो । यहाँका १६ ओटा प्रान्तका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको छ ।

यहाँका ती प्रान्तहरुमा पछिल्लो समयमा कोभिड १९ को असर झन् बढ्दै जान थालेपछि सो निर्णय गरिएको हो । अफगानिस्तानमा पछिल्लो समयमा कोभिडको प्रभाव झन् बढ्दै गएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अफगानिस्तानमा कोभिडका संक्रमितको संख्या शुक्रबार सम्म ७० हजार भन्दा बढी पुगेको छ । शुक्रबार मात्र यहाँ ९ सय ७७ जना नयाँ संक्रमित भेटिएका थिए ।

यो संख्या अफगानिस्तनमा गत वर्षको फेब्रुअरीदेखि शुरु भएको संक्रमणको सबैभन्दा बढी हो ।

यहाँ एकै दिन यतिधेरै संख्याका संक्रमित भेटिएपछि सरकारले शनिबारदेखि देशको आधाभन्दा बढी क्षेत्रका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराएको हो ।(सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस