भारतमा देखियो सलह, नेपाल भित्रिने सम्भावना

पत्रपत्रिकाबाट

बुधबार, १२ जेठ २०७८, ०८ : १०
भारतमा देखियो सलह, नेपाल भित्रिने सम्भावना

काठमाडौँ । गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्‍याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख छ ।

गत शनिबार भारतकै ‘हिन्दुस्तान’ पत्रिकाको अनलाइन संस्करणमा पनि उत्तर प्रदेशमा सलहको झुन्ड देखिएको समाचार छापियो । उसले पनि पाकिस्तानबाट राजस्थान हुँदै सलह उत्तर प्रदेश प्रवेश गरेको जनाएको छ । उत्तर प्रदेशमा सलह देखिएपछि त्यहाँको कृषि विभाग सक्रिय भएको र किसानलाई सतर्क रहन आग्रह गरेको समाचारमा बताइएको छ ।

यसअघि संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन ९एफएओ० ले गत ‘१७ मे’ मा सूचना जारी गर्दै दक्षिण–पश्चिम इरानमा सलहका केही झुन्ड रहेको जनाएको थियो । उक्त झुन्ड पूर्वी पाकिस्तान आउने सम्भावना रहेको उल्लेख गरेको थियो । सोही झुन्ड पाकिस्तान हुँदै उत्तर प्रदेश प्रवेश गरेको हिन्दुस्तानले लेखेको छ । गत वर्ष पनि अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै सलह भारत आइपुगेको थियो ।

उक्त सलह नेपाल पनि छिरेको थियो । भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीमा छिरेको सलहले नेपालका केही जिल्लामा आतंक मच्चाएको थियो । अहिले उत्तर प्रदेशमा देखिएको सलहको झुन्ड नेपाल भित्रिने सम्भावना कति छ त रु कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे भन्छन्, ‘सलह उडेर आउने हुँदा नेपाल छिर्ने सम्भावना हुन्छ । क्षति सकेसम्म कम गराउन उच्च सतर्कता अपनाउने हो ।’

मन्त्रालयका अनुसार केही जिल्लामा मकैमा अमेरिकी फौजी कीरा देखिइसकेको छ । कीराले कुनै क्षेत्रलाई जीवनचक्र बनाएको प्रवक्ता घिमिरे बताउँछन् । ‘कीराले वर्षैपिच्छे आक्रान्त बनाएको छ । अमेरिकी फौजी कीरा मकैमा देखिइसकेको छ,’ उनले भने, ‘भारतमा सलह देखिएपछि बाली संरक्षणसँग काम गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सतर्कतासाथ काम गरिरहेको छ । जिल्लामा रहेका प्राविधिकलाई सल्लाहसुझाव दिइएको छ ।’

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदी भने भारतमा देखिएको सलह नेपाल भित्रिने सम्भावना कम रहेको दाबी गर्छन् । गत वर्ष ५०र६० झुन्डमा सलह थियो । एउटै झुन्डमा करोडौंको संख्यामा सलह देखिएको थियो । विगतमा इरान र पाकिस्तानबाट पनि आएर भारतमा थुप्रिएको थियो । त्यही भएर झुन्ड ठूलो भएको थियो । त्यहाँ बस्न नसक्ने भएपछि सहलको झुन्ड फैलिँदै नेपाल आइपुगेको थियो । तर अहिले राजस्थानमा दुईरचार झुन्ड मात्रै देखिएको प्रवक्ता सुवेदीको भनाइ छ ।

‘सीमा क्षेत्रमा भएकाले पाकिस्तानबाट सलह रेगिस्तान आउन सक्छ । गत वर्ष जुन गतिमा सलह उत्पादन भएको थियो, यसपालि त्यति छैन,’ उनले भने, ‘भारतमा पनि भयावह भएको छैन । यहाँसम्म सायद नआउला ।’ सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । राजस्थानमा बढी मरुभूमि रहेकाले सलहले त्यहाँ ब्रिडिङ धेरै गर्छ । राजस्थानकै कारण भारतमा हरेक वर्ष सलह देखिने गरेको छ । तर पाकिस्तान, अफ्रिका र इरानको मरुभूमिमा सलह उत्पादन भएर झुन्ड भारततर्फ आए मात्रै नेपालमा आउने सम्भावना हुने केन्द्रले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस