विपक्षी गठबन्धनको तयारी नपुगेपछि सर्वोच्च पुगेका कुनै पनि रिट आज दर्ता भएनन्

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १५ : १७
विपक्षी गठबन्धनको तयारी नपुगेपछि सर्वोच्च पुगेका कुनै पनि रिट आज दर्ता भएनन्

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाविरुद्ध करिब दुई दर्जन रिट पुगे पनि आज कुनै पनि दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने विपक्षी गठबन्धनको तयारी नपुगेपछि आज दर्ता नहुने भएको हो ।

सर्वोच्च अदालतले दिउँसो ३ बजेपछि रिट नलिने भएकाले आज दर्ता हुने सम्भावना टरेको हो । आ आफ्नो दलका सांसदलाई खबर गर्ने भनिए पनि एमालेको माधव नेपाल पक्षका सबै सांसदहरू नजुटेपछि हस्ताक्षर हुन सकेको छैन ।

माधव नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले छलफल भइरहेको र शीर्ष नेताले कानुन व्यवसायीहरूसँग छलफल गरिरहेकाले आज ढिला भएको बताए ।

प्रतिक्रिया दिनुहोस