चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

रासस

शनिबार, ०८ जेठ २०७८, २२ : ०४
चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

काठमाडौं । चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ ।

ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा दिई बेलुकासम्म राजधानी पुग्ने भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए।

अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलीण्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्युड अक्सिजन सिलीण्डर १० हजार १५० केजी, अक्सिजन टिप ७५० थान र अक्सिजन इनालेटर ३०० थान रहेका छन् ।

उक्त सामग्रीहरू अति संवेदनशील भएकोले दमकलसहित प्रहरीको सूरक्षा घेरामा पठाइने व्यवस्था मिलाइएको छ । अरु आउन बाँकी सामग्रीहरू केही दिनमा आईपुग्ने सूचना अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस