चितवनमा एकैदिन १६ जना संक्रमितको मृत्यु, २५९ जना आइसियूमा

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १६ : ००
चितवनमा एकैदिन १६ जना संक्रमितको मृत्यु, २५९ जना आइसियूमा

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा २५९ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ । ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा ७ र पुरानो मेडिकल कलेजमा ३  जना र भरतपुर क्यान्सर अस्पतालमा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै, माडीको बघौडा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्नअस्पतालहरुबाट ४७ जना डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालहरुमा ५११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस