कलेज अफ मेडिकल साइन्सेजको व्यवस्थापनमा सिद्धिविनायक अक्सिजन उद्योगले थप प्लान्ट सञ्चालनमा ल्यायो

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, २० : ४३
कलेज अफ मेडिकल साइन्सेजको व्यवस्थापनमा सिद्धिविनायक अक्सिजन उद्योगले थप प्लान्ट सञ्चालनमा ल्यायो

चितवन । सिद्धिविनायक अक्सिजन उद्योग नवलपरासीले कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने अक्सिजन उत्पादनको कार्यलाई तिव्रता दिएको छ । उद्योगले अक्सिजनको उच्च मागलाई ध्यानमा राख्दै थप प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको जनाएको छ । 

कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुर चितवनको व्यवस्थापनमा सञ्चालित उक्त उद्योगले पहिलोको ४०० सिलिन्डर क्षमतामा थप १६० सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने जनाइएको छ । 

यो उद्योगले चितवनका विभिन्न अस्पतालका साथै अन्य जिल्लामा समेत अक्सिजन आपूर्ति गर्दै आएको छ । कलेज अफ मेडिकल साइन्सेजका निर्देशक डा मनोहरलाल प्रधानले उद्योगले थप प्लान्ट जडान गरेसँगै केही हदसम्म अक्सिजनको अभाव पूर्ति गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस