ओली–नेपालबीच आज पनि छलफल, कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाइने

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, ०९ : ३२
ओली–नेपालबीच आज पनि छलफल, कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाइने

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्न आज पनि  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । छलफलको समय र ठाउँ तय भइसकेको छैन ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिन लागेका एमालेका एक नेताले बताए । शुक्रबारको छलफलमा रामबहादुर थापा बादल पनि सहभागी भएका थिए, जसका कारण माधव नेपाल पक्षले आशंका प्रकट गरेका थिए । माधव नेपाल पक्षका सांसदहरुले छलफलमा बादललाई नराख्न नेपाललाई सुझाव दिएका थिए । 

ओली नेपाललगायतको सहभागितामा आज हुने छलफलमा कार्यदलमा रहने सदस्यको टुङ्गो लगाइने एमालेका उपनेता सुवास नेम्वाङले जानकारी दिए । गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस