बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १६ : ४९
बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

फाइल फोटो

काठमाडौं । देउवा निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरू भएको छ । बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

CG Developers Tansen Cement box

पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस