काठमाडौं।युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् ।
आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गर्नुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।
खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले गरेको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिएको उक्त दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० बैशाख २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाइ आग्रह
साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न साइबर ब्युरोको आग्रह
बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आग्रह
संसद सञ्चालन गर्ने वातावरण बनाउन एमालेलाई राष्ट्रियसभा अध्यक्षको आग्रह