सय बेड भएका अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १८ : १६
सय बेड भएका अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नुपर्ने


काठमाडौं । सय बेड भएका अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । 

कम्तीमा सय बेड भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले यस्तो निर्देशन दिएको हो । 

प्रतिक्रिया दिनुहोस