नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा मृत्युदर बढ्यो

पत्रपत्रिकाबाट

बुधबार, २९ बैशाख २०७८, ०८ : ०७
नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा मृत्युदर बढ्यो

काठमाडौं । नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा दोस्रो लहरको कोरोना संक्रमणको मृत्युदर बढेको चिकित्सकले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपालमा फैलिरहेको भारतमा देखिएको डबल म्युटेन्ट भेरियन्टको कोरोना हुन सक्छ, जुन युके भेरियन्टको तुलनामा कडा मानिन्छ। तर नेपालमा कुनचाहिं भेरियन्ट फैलिएको हो भन्ने बारेमा अध्ययन भइनसकेको उनले बताए।  

अस्पतालमा ढिलो गरी पुग्नु, पुगेकाले पनि उपचार नपाउनुजस्ता कारणले मृत्युदर ह्वात्तै बढेको डा. पुन बताउँछन्। ‘एकातिर भाइरस नै कडा भएर आएको देखिन्छ, अर्कोतिर अस्पताल पुगिसकेपछि पनि सबैले राम्रो उपचार पाएका छैनन्’, उनले भने।  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस