देवघाट गाउँपालिका प्रवेशमा कडाइ : मुख्य नाकामा हेल्प डेस्क, पालिका अध्यक्ष थापा नै फिल्डमा

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १० : ०५
देवघाट गाउँपालिका प्रवेशमा कडाइ : मुख्य नाकामा हेल्प डेस्क, पालिका अध्यक्ष थापा नै फिल्डमा

तनहुँ । तनहुँको देवघाट गाउँपालिका प्रवेश नाकाहरुमा थप कडाइ गरिएको छ। देवघाट पनि  एक पर्यटकीय र धार्मिक स्थान भएको हुनाले भाइरसबाट देवघाटवासीलाई थप सुरक्षित राख्न देवघाट प्रवेश नाकाहरुमा कडाइ गरिएको हो ।

मुख्य नाकामा हेल्प डेस्क राखिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष आफैं देवघाटको एक मुख्य प्रवेश नाकामा उपस्थित भइ अनावश्यक आवातजावत गर्ने व्यक्तिलाई सम्झाई बुझाई गरी फर्काइएको थियो । अध्यक्ष थापाले देवघाटका विभिन्न आश्रमहरुमा धेरै वद्धवृद्धाहरु बस्ने गरेको हुँदा उनीहरुको सुरक्षाको लागि पनि नाकाहरुमा थप कडाइ गरिएको छ।

देवघाट प्रमुख धार्मिक स्थाल भएको कारण धार्मिक कार्यको लागी धेरै तिर्थालु भक्तजनहरु आउने हुँदा धार्मिक स्थालमा दैनिक नृत्य ,पाठ, पुजा गर्ने तर नागरिकको भिडभाड हुने विवाह, बर्तबन्ध, तालिम, गोष्ठी र मानिस जमघट हुने कुनै पनि कार्यक्रम तथा प्रवचनहरु सकेसम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सकेसम्म थोरैको उपस्थितमा मात्र सामाजिक दुरी कायम गरी त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए।

देवघाट गाउँपालिकाले कोबिड रोकथामको लागी सचेतना मुलक माईकिङ, प्रचारप्रसार गर्ने, बैक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने, कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आइसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिएमा भरपुर, दमौली र पोखराको कोविड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने व्यवस्था मिलाएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा बताए ।

देवघाट प्रवेश गर्ने मुख्य नाखाहरुमा आवातजावत गर्ने मानिसहरुको विवरण संकलन गरिएको छ। गत सात नै गाउँपालिकाले मुख्य नाकाहरुमा हेल्प डेक्स राखी अनावश्यक रुपमा आवातजावत गर्ने सर्वसाधारण थप कडाइ गर्ने निर्णय समेत गरिको छ। देवघाट प्रवेश नाकाहरु पुरानो झोलुङ्गे पुल,दासढुङ्ग पक्कि पुल र झोलुङ्गे जुगेडी पुलहरुमा नेपाल प्रहरी, देवघाट गाउँपालिका नगर प्रहरी,जनप्रतिनिधि र युवाहरु सहितको हेल्प डेक्स राखिएको छ।

प्रतिक्रिया दिनुहोस