सक्रिय संक्रमित ७२ हजार नाघे

पत्रपत्रिकाबाट

शुक्रबार, २४ बैशाख २०७८, ०७ : ३८
सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बडी हो ।

बिहीबार २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । ३ सय १४ संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबारै देशभर २ हजार ७ सय ७ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, कोरोनाबाट बिहीबार ५४ जनाको मृत्यु भएको छ । योस“गै मृतक संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर हाल ६ सय ५२ आईसीयू र २ सय १ भेन्टिलेटरमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय ७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय ४९ आईसीयू र १ सय २५ जना भेन्टिलेटरमा छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस