काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले कोरोना खोपको खरिद प्रक्रियामा कमिसन नमिलेकै कारण रोकिएको प्रति लज्जित बनाएको बताएका छन् । खोप खरिद प्रक्रिया कमिसनकै कारण रोकिएको समाचार विभिन्न संचारमाध्यममले आज प्राथमिकता साथ प्रकासन गरेको छ ।
नेता कोईरालाले प्रधानमन्त्री केपी ओलीकै निकटका व्यवसायीहरु सुरज वैद्य, विजय दुगड र ऋतु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकिएको प्रति उनले सामाजिक सञ्जालमार्फत् असंतुष्टि व्यक्त गरेका हुन् । उनले सामाजिक संजालमा उल्लेख गरेका छन्–‘प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन्, ‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’
उनले लेखेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्यमाथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन । यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला