काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १३ : ५१
काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा मोहत्तरी घर भएका ५९ वर्षीय सिताराम महरा अवस्थामा फेला परेका छन् । 

यसैगरी मनाङको नासों गाउँपालिका-५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।  

बैतडीको पाटन नगरपालिका-६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष  पनि सोमबार   मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस