हुम्लामा आठजनामा कोरोना सङ्क्रमण

रासस

सोमबार, २० बैशाख २०७८, २१ : १४
हुम्लामा आठजनामा कोरोना सङ्क्रमण

काठमाडौं । बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुको एण्टीजेन परीक्षण गर्दा परीक्षण गरेकामध्ये २० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

आज बिहान नेपालगञ्ज र सुर्खेतबाट आएका आएका ४० जना यात्रुमध्ये ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । बिहान सीता र तारा एयरबाट आएका ४० जना यात्रुमा गरिएको एण्टीजेन परीक्षणबाट विभिन्न गाउँका नागरिकमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि हुनेमा सिमकोट–२ का २३ वर्षीय पुरुष, खार्पुनाथ–४ का १७ वर्षीय पुरुष, सर्केगाड–४ का २० वर्षीय पुरुष, खार्पुनाथ–३ का २० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी बिहान सिमकमोट विमानस्थलमा ओर्लेका खार्पुनाथ–३ का १८ वर्षीय पुरुष, सिमकोट–१ की २० वर्षीया महिला, सिसमको–८ का १६ वर्षीय पुरुष, खर्पुनाथ–२ का ३४ वर्षीय पुरुष र सर्केगाड–२ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । 

सङ्क्रमण पुष्टि भएका सबैजना सङ्क्रमितलाई रानीवनस्थित क्वारेन्टिनमा बसाउने व्यवस्था गर्न लागिएको बताउँदै जनस्वास्थ्य अधिकृत सिंहले अन्य कन्ट्र्याक ट्रेसिङमा रहेकालाई पनि निगरानीका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस