काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्–‘कोरोना महामारीमा सरकारले हात उठाउन नहुने भएपनि अझै पनि सरकारको प्राथमिकतामा कोरोना संक्रमण नियन्त्रण परेको छैन् ।’
“प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्नु आपत्तिजनक छ,” सामाजिक सञ्जाल फेसबुक आलोचना गर्दै लेखेका छन्, “कठिन छ तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।
प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं । कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।” उनले कोरोना संक्रमण अहिलेको भयावह अवस्थामा सरकार एक्लैले यसको सामना गर्न नसक्ने भन्दै उनले यसका लागि आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नपर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा