काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्–‘कोरोना महामारीमा सरकारले हात उठाउन नहुने भएपनि अझै पनि सरकारको प्राथमिकतामा कोरोना संक्रमण नियन्त्रण परेको छैन् ।’
“प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्नु आपत्तिजनक छ,” सामाजिक सञ्जाल फेसबुक आलोचना गर्दै लेखेका छन्, “कठिन छ तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।
प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं । कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।” उनले कोरोना संक्रमण अहिलेको भयावह अवस्थामा सरकार एक्लैले यसको सामना गर्न नसक्ने भन्दै उनले यसका लागि आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नपर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा
पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा