भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १४ : ०५
भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

file Photo

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा थप दुई जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु भएका दुवै जना नेपालगञ्जका हुन्।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिलाको वैशाख १४ गते बागेश्वरी ल्याबमा पीसीआर जाँच गरिएको थियो।

१६ गते उनलाई भेरीमा भर्ना गरियो। आज बिहान ६ः३० बजे उनको मृत्यु भयो।

भेरीमै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का ४९ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख ५ गते भेरीमा पीसीआर गरेका उनलाई १४ गते भर्ना गरिएको थियो। उनको आज १२ः३० बजे मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १३ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस