काठमाडौं । भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो ।
देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै देशभरी २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएको भारतमा अहिले ८२.१० प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ५०७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये ८७.०७ प्रतिशत माथी उल्लेखित दश राज्यका रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७२.२० प्रतिशत ती दश राज्यमा रहेको तथ्याङ्कमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ बैशाख २०७८, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन