कोरोना संक्रमणमा रेकर्ड : भारतमा एकै दिन ३ लाख ८० हजार नयाँ संक्रमित भेटिए, ३ हजार ६ सय बढीको मृत्यु

एजेन्सी

विहीबार, १६ बैशाख २०७८, ०९ : ०२
कोरोना संक्रमणमा रेकर्ड : भारतमा एकै दिन ३ लाख ८० हजार नयाँ संक्रमित भेटिए, ३ हजार ६ सय बढीको मृत्यु

एजेन्सी । कोरोना संक्रमणमा दिन प्रति दिन रेकर्ड कायम गर्दै गर्एको भारतमा पछिल्लो २४ घंटामा ३ लाख ८० हजार जनामा नयाँ संक्रमित फेला परेका छन् । भारत एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो  पहिलो पटक हो ।

भारतमा बुधबार कोरोना संक्रमणका कारण ३ हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार छ ।

भारतको महाराष्ट्र राज्य कोरोनाबाट सर्वाधिक प्रभावित छ । बुधबार महाराष्ट्रमा ६३ हजार ३०९ जना संक्रमित पाइएका छन् भने कोरोनाका कारण एक हजार ३५ जनाको बुधबार मृत्यु भएको छ ।

भारतमा संक्रमण ह्वात्तै बढेपनि मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस