पर्सामा संक्रमितको संख्या ८ सय बढी

पत्रपत्रिकाबाट

मंगलबार, १४ बैशाख २०७८, ०७ : ५३
पर्सामा संक्रमितको संख्या ८ सय बढी

वीरगञ्ज । पर्सामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या आठ सय ४८ पुगेको छ। तीमध्ये ९४ प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन्।

जिल्ला प्रसाशन कार्यालय पर्साका प्रसाशकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ३७ जना नारायणी अस्पताल र १३ जना नारायणी बयोधा अस्पतालमा भर्ना भएका छन्। बाँकी ७ सय ९८ जना होम आइसोलेसमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

संख्या बढ्दै गएपछि अस्पतालमा नयाँ बिरामी राख्न ठाउँ छैन। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। निरजकुमार सिंहले एउटै बेडमा ३ जना राखेर उपचार भइरहेको बताए। डा। सिंहका अनुसार वीरगन्जको अवस्था भयावह छ। वीरगन्ज क्षेत्रमा लकडाउन गर्न जरुरी भइसकेको उनको भनाइ छ।

सिकिस्त संक्रमितलाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको असपतालका कोभिड संयोजक डा। सरोजरोसन दासले जानकारी दिएका छन्। पर्सामा सोमबार बिहान थप एक संक्रमितको मृत्यु भएको छ। कोरोनाको दोसो लहर सुरु भएयता वीरगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या १२ पुगेको छ। यसमा ९ जना पर्साका छन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस