काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ ।
आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ ।नेकपा एमालेले बादललाई नै उम्मेदवार बनाउने भएपछि काँग्रेसले बादलसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलसँग छलफल गरेर उम्मेदवार तय गर्ने छ ।
वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखरहरुले मतदाता रहेको उपचुनावमा काँग्रेस उम्मेदवार निर्वाचन हुन एमालेका माधव नेपाल पक्षको भूमिका निर्णायक छ ।
एमाले पार्टीभित्रको चरम अन्तरविरोधका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिई क्रस भोटिङ गर्न सक्ने चर्चा छ ।यस्तै पार्टीका शीर्षस्थ नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै