ओली–नेपाल आआफ्नै अडानमा

पत्रपत्रिकाबाट

शुक्रबार, १० बैशाख २०७८, ०६ : ४५
ओली–नेपाल आआफ्नै अडानमा

काठमाडौं । विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउने कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ। बुधबारको भेटघाटलाई बिहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन।  

बुधबार दुवै नेता लचिलो देखिए पनि बिहीबार बिहानैदेखि वातावरण बिग्रिएपछि दिउँसोको वार्ता फलदायी हुन नसकेको हो। बुधबार ओलीसँग नेपालले २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काएर सबैलाई समेट्ने वातावरण तयार गर्न, माओवादीबाट आएका नेताको व्यवस्थापनका लागि वातावरण बनाउन र भेटघाटलाई निरन्तरता दिन प्रस्ताव राखेका थिए। ओलीले पनि जेठ २ को अवस्थामा फर्कन आफू तयार भएको संकेत गरेका थिए।

त्यसपछि उनीहरूबीच बिहीबार पनि छलफल गर्ने योजना बनेको थियो। तर बिहीबार बिहान ओलीले माधव नेपालले पार्टी विभाजन गरिसकेको, अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले सम्झाइबुझाइ गरेको जस्ता अभिव्यक्ति दिएपछि वातावरण बिग्रिन पुग्यो।

बिहीबारको वार्तामा नेता नेपालले एमालेको पुरानै संरचनाको बैठक बसेर एकीकरणपूर्वको अवस्थाबाटै थप निर्णय गर्न प्रस्ताव राखेका थिए। ओलीले नेपालको प्रस्ताव अस्वीकार गर्दै फागुन २८ गतेको निर्णय मान्न आग्रह गरे।

‘फागुन २८ गतेका निर्णय मानेर जानुपर्ने भनेपछि अन्य विषयमा प्रवेश गर्ने कुरै भएन,’ वार्तापछि नेपालले आफूनिकटका नेतालाई जानकारी दिँदै भने, ‘ओलीले अझ बिहीबार जुन अभिव्यक्ति दिए, त्यो निकै आपत्तिजनक थियो। नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस