मनकामना केबुलकार बन्द गर्न प्रशासनको मौखिक निर्देशनप्रति सञ्चालक र स्थानीयको असन्तुष्टि

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १४ : ५०
मनकामना केबुलकार बन्द गर्न प्रशासनको मौखिक निर्देशनप्रति सञ्चालक र स्थानीयको असन्तुष्टि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनकामना केबुलकार बन्द गर्न भनेपछि सञ्चालकले असन्तुष्टि व्यक्त गरेका छन् ।मनकामना केबुलकारका निर्देशन राजेशबाबु श्रेष्ठले विहीबार सामाजिक सञ्जालमा एक लामो स्टाटस शेयर गर्दै सरकारी आदेशप्रति असन्तुष्टि जनाएका हुन् । निर्देशक श्रेष्ठले मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै  स्वास्थ्य मापदण्ड पालनासहित पुजा चलाईरहेको स्मरण गराएका छन् ।

हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने उनले तर्क गरेका छन् ।

‘विगतदेखि नै यही गर्दै आएका छौं, मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशको बर्खिलाफ ठहर्दछ,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो ।’

उनको प्रश्न छ, ‘गोरखकाली मन्दिरमा पुजा बन्द हुँदैमा गोर्खा बजारमा प्रवेश बन्द गर्न पाइन्छ त ? पशुपति मन्दिर बन्द गर्दा पशुपति क्षेत्रनै प्रवेश निषेध गर्ने हो त ?उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस