आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, ०७ : ५२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ । 

यसैगरी राति  देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

महाशाखाले हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जनाएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहेको छ ।

प्रतिक्रिया दिनुहोस