काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका छन् ।
मंगलबार युथ फर नेशन को आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौँ । हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ । अनि मात्रै एउटा समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’
अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तिव्र गतिमा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठुलो नकारात्मक असर पर्ने तथ्याङ्कहरु सार्वजनिक भएको सन्दर्भमा वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरुले गरेको मेहनत सराहनीय रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै