फिल्म ‘प्रेमगञ्ज’ को छायाँकन सुरु

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १६ : ५४
फिल्म ‘प्रेमगञ्ज’ को छायाँकन सुरु

काठमाडौँ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘प्रेमगन्ज’को छायाँकन सुरु भएको छ । फिल्मको छायाँंकन सोमबार काभ्रेबाट सुरु भएको हो । परिच्छेद सेनले निर्देशन रहने फिल्ममा बेनिशाको अलवा  तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाँकन काभ्रेसँगै काठमाडौंमा पनि हुने निर्माण युनिटले जनाएको छ । सञ्जय लामाको छायाँंकन, राजु फुयाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस