प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको सत्ताको आडमा मनोमानी, व्यवसायीलाई थर्काउदै भन्छन् : ‘एमालेमा आउँछौ कि फसाइदिऊ’

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, ०९ : ३०
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको सत्ताको आडमा मनोमानी, व्यवसायीलाई थर्काउदै भन्छन् : ‘एमालेमा आउँछौ कि फसाइदिऊ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारका रुपमा कार्यरत छन्, विवादास्पद व्यापारी मोतीलाल दुगड । ओलीलाई रिझाएको भरमा उनी राज्यमन्त्री सम्म भए ।  बारम्बार विवादास्पद बनेका उनी पैसाका लागि हुने, नहुने सबै काम गर्ने पात्र र प्रवृत्तिका रुपमा व्यापारिक जगतमा स्थापित छन् । सामान्य एउटा मसला उद्योग चलाएका दुगडको हाल बैंक ब्यालेन्स मात्रै एक अर्ब बराबर रहेको छ । 

उनै दुगडले पछिल्ला दिनमा पालै पालो गरी व्यापारिक समुदायलाई बोलाउँदै होस् वा फोन गरेर नै किन नहोस् तत्काल एमाले प्रवेश गर्नुस् भन्दै थर्काउने गरेका छन् । आज भनेको नमान्दा भोलि समस्या पर्दा, हामी कहाँ आउनुस् होइन भने भोलि केही भन्न पाइदैन भन्दै दुगडले थर्काउने गरेका छन् । मैले हरेकको फरक फरक विवरण जम्मा पारेर राखेको छु । कुनै न कुनै दिन जसरी जगदम्बाका मालिक फसे । जसरी थर्मल गनमा फसियो नी, त्यसलाई सामान्य रुपमा नलिनुस् किनकी भोलि एमाले नबन्नेलाई कारवाहीको दण्डा चलाउने भन्दै उनले थर्काएका छन् । 

दुुगडले आफनो शक्ति आर्जन गर्नका लागि ओलीको नाममा मोटो रकम निकाल्नका लागि अनेक क्रियाकलाप गर्ने गरेका छन् । दुगडले विशेष गरी विराटनगरका व्यापारीलाई बढी मात्रामा थर्काएका छन् । भोलि समस्या परेको खण्डमा हाम्रोतर्फबाट कुनै पनि सहयोग मिल्दैन । अहिले भनेको बेलामा एमाले प्रवेश गर्नु, पद प्रतिष्ठा दिलाउन म पहल गर्छु भन्दै दुगडले ओलीको सोझो गरेका छन् । ओलीले भए भरका व्यवसायीलाई एमाले प्रवेश गरान सके पूर्वाञ्चलको राजनीतिका लागि दुगडलाई विशेष जिम्मा दिने भन्दै तयार पारेका छन् । 

दुगडले व्यापारी तथा उद्योगपतिलाई एमाले प्रवेश गर, कर नतिरेको भएपनि मिलाइदिन्छौ, आगामी दिनमा पनि सहयोग गर्छौ, आगामी निर्वाचनमा पनि हामी नै शीर्ष स्थानमा पुग्छौ भन्दै इमोसनल व्याल्यकमेल गर्ने गरेका छन् । नटेर्ने व्यापारीलाई कुनै न कुनै मुद्दामा फसाइदिने चेतावनी समेत दिएका छन् । नाम उल्लेख नगर्ने एक व्यापारीका अनुसार बालुवाटारको नो नम्बरबाट फोन गरेर उनले पालै पालो उद्योगी, व्यवसायीलाई थर्काउने गरेका छन् ।

विराटनगरमा उनले विस्तार गरेको होटल तथा बैंकमा रहेको रु एक अर्बको स्रोत खोज्नुपर्ने माग पनि उत्तिकै उठेको थियो र छ पनि । राजनीतिको आडमा हुने नहुने सबै काम गर्न ओलीले दुगडलाई परिचालन गरेका छन् । सो कार्यमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, साहिल अग्रवाल, सतिसकुमार मोरलगायतले समेत साथ दिएको बताइन्छ । विशेष गरी सुपारी तस्करी,  पाम आयल तथा भटमास, मटर दानामा भ्रष्टाचार गर्न सिकाउने मध्येका एक हुन दुगड ।

सम्पत्ति शुद्धिकरण वा राजश्व अनुसन्धान जहाँ जसरी छानबिन भइरहेको भएपनि त्यसबाट छुटकारा दिलाउने भन्दै उनले व्यापारीलाई दुविधामा पारिदिएका छन् ।  लौ अब त हुने भयो, पार्टीमा नै जाँदा त के फरक पर्ला र ? भन्ने शैलमिा उनले व्यपारीलाई फकाउने, थर्काउने शैलीमा व्यवहार गर्दै आएका छन् ।  नेपाल विद्युत् प्राधिकरणको बिल तिर्न आनाकानी गर्नेहरु अधिकाशलाई दुगडले संरक्षण गरेका छन् ।  प्राधिकरणका अनुसार साहिल अग्रवालले मात्रै झण्डै २ अर्ब बराबरको महसुल तिर्न बाँकीे छ । यस्तै शिवम् सिमेन्टका मालिका समेत रहेका सतिशकुमार मोरले १ अर्ब रुपैयाँ बराबरको महसुल तिर्न बाँकी रहेको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारकाले पनि झण्डै १ अर्ब रुपैयाँ बराबरको महसुल तिर्न बाँकी रहेको छ । 

यसअघि यति समूहको घरमा एमाले कार्यालय रहँदै आएको थियो । तर, यही वैशाख १ गतेदेखि एमाले कार्यालय थापाथलीमा सरेको छ । विद्युत् महसुल नतिरेर राज्यलाई नै चुनौती दिइरहेका राजेश अग्रवालको घरमा एमाले कार्यालय सारिएको छ । सो कार्यालय मिलाउन उनै दुगडको भूमिका रहेको पाइएको छ । विद्युत् महसुल नतिरेपनि हुन्छ, तर घर दिए हुन्छ भन्दै दुगडले अग्रवाललाई मनाएको बताइन्छ  । ओलीले पनि प्राधिकरणलाई महसुल नतिरेपनि हुन्छ भन्ने कुरामा सहमति जनाएका छन् । पछिल्ला दिनमा त दुगडले व्यापारीलाई धम्क्याउने, मोटो पैसा उठाउने काममा समेत लागेको कतिपय व्यापारीहरुले बताउन थालेका छन् ।

दुगडले व्यापारी तथा उद्योगपतिलाई एमाले प्रवेश गर, कर नतिरेको भएपनि मिलाइदिन्छौ, आगामी दिनमा पनि सहयोग गर्छौ, आगामी निर्वाचनमा पनि हामी नै शीर्ष स्थानमा पुग्छौ भन्दै इमोसनल व्याल्यकमेल गर्ने गरेका छन् । नटर्ने व्यापारीलाई कुनै न कुनै मुद्दामा फसाइदिने चेतावनी समेत दिएका छन् । नाम उल्लेख नगर्ने एक व्यापारीका अनुसार बालुवाटारको नो नम्बरबाट फोन गरेर उनले पालै पालो उद्योगी, व्यवसायीलाई थर्काउने गरेका छन् । दुगडले लाइन मिलाउने, धम्क्याउने, थर्काउने तथा फकाउने र विष्णु रिमालले चन्दाका लागि लाइन मिलाउने गरेका छन् । 

बा ले भन्नुभएको छ, यति त दिनै प¥यो नी, होइन भने कारवाही भोग्न तयार भए हुन्छ भन्दै दुगडले असाध्यै मानसिक तनाव दिएको अर्का एक व्यापारीले बताए । ओलीका अधिकांश मानिस जसरी भएपनि पैसा कमाउने र कम्युनिस्ट आन्दोलनलाई समेत बदनाम गर्न लागिपरेका छन् । कुनै समय नवनिर्माण पार्टी खोल्न एक प्रमुख राष्ट्रिय दैनिकमा विज्ञापन समेत छपाएका दुगडको खास उद्योग यतिबेला सेञ्चुरी मसला बाहेक अरु केही छैन । विराटनगरको होटल समेत संयुक्त लगानीमा रहेको बताइन्छ । विशेषतः झापा, मोरङ, सुनसरीबाट भारततर्फ सुपारी तस्करी गराउने काममा संलग्न रहेको उनलाई चिन्ने जान्नेहरु बताउँछन् ।

यस्तै पाम आयलको तस्करी धन्दामा समेत दुगड जोडिएका छन् । जसरी भएपनि पैसा थुपार्न क्रियाशिल रहेका दुगडका कारण ओली झन् दिन दिनै नांगिदै गएका छन् । तर ओली भने त्यसलाई नै सफलताको कारक मान्दै मख्ख परेर बसेका छन् । जसरी भएपनि राज्यकोषमा तर मार्ने, कर तिर्न लगाउने भन्दा पनि नतिर्न अभिप्रेरित गर्ने तथा भ्रष्टाचारलाई संस्थागत गराउने धन्दामा प्रधानमन्त्री ओलीका आसेपासे अहिले सक्रिय भएर लागेका छन् । सधै राज्य चलाइन्छ, सधै सरकारमा रहिन्छ, हामीलाई कसले सक्ने भन्दै जसरी भएपनि पैसा मात्रै जम्मा पार्ने र लुटखसोटको धन्दा चलाउन गरिएको व्यवहारका कारण ओली गुट नराम्ररी पतनको डिलमा पुगेको छ ।

व्यापारी धम्क्याएको र एमाले प्रवेश गर्न दबाव दिएको विषयमा बुझ्न पटक पटक फोन सम्पर्क गर्दा समेत दुगडले फोन उठाएनन् । पटक पटकको प्रयासमा समेत उनले कुनै रेस्पोन्स नगरेका दुगडले विराटनगरमा कृषि उद्यम चलाइरहेका अर्का एक व्यवसायीलाई भने कर छलेको आरोपमा कारवाही गर्ने धम्की दिएको बताइन्छ । एक बैंकका अध्यक्ष समेत रहेका ती व्यापारीलाई पैसा नदिएको भन्दै दुगडले कर छलीमा कारवाही गर्ने भन्दै पटक पटक धम्की दिएको स्रोतको दावी छ । 
 

प्रतिक्रिया दिनुहोस