एजेन्सी । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या आइतबार २४ घंटामा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आइतबार भारतभरि १ हजार ६ सय २० जना कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् भने त्यसपछि नेपालसंग सीमा जोडिएको राज्य उत्तर प्रदेशमा देखिएका छन् ।परीक्षण गरिएकाहरूमा कोरोना पोजेटिभ भेटिने प्रतिशत पनि पहिलाभन्दा निकै बढेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले भारतमा एक सय जनालाई कोरोना परीक्षण गर्दा १६ जनालाई संक्रमण भेटिने गरेको छ । भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये १ लाख ७८ हजारले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ बैशाख २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि