काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए ।
पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छ । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ बैशाख २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको नेकपाको निष्कर्ष
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा