काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड–१९ को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ ।भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेका छन् ।पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यस्तै उत्तर प्रदेशमा २७ हजार, कर्नाटकमा १७ हजार तथा छत्तीसगढमा १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १८ लाख नाघेको छ ।
विश्वभर कोरोना संक्रमणबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोडभन्दा बढी पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ बैशाख २०७८, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण