एजेन्सी । । भारतमा कोरोना संक्रमणको अवस्था दिन प्रति दिन भयावह बन्न थालेको छ । बितेको २४ घण्टामा देशभरि १५ सय भन्दा धेरै संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन १५०१ जना संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै बितेको २४ घंटामा २ लाख ६१ हजार ५०० जना नयाँ संक्रमित थपिएका हुन्। एकैदिन नयाँ संक्रमित भेटिनेको संख्या दिनप्रति दिन नै नयाँ रेकर्ड बनाउन थालेको छ । योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ४७ लाख ८८ हजार भन्दा धेरै पुगेको छ।
हालसम्म भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार १५० पुगेको छ । भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख भन्दा धेरै छ। एक करोड २८ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ बैशाख २०७८, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण