आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, ०७ : ५१
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आइतबार देशका विभिन्न स्थानमा मेघजर्गन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । यस्तै  देशको पहाडी भूभागका थोरै स्थानहरुमा भने अपरान्हतिर मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यसैगरी राति पनि देशका पहाडी भूभागका एक वा दुई  स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । हाल हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ र बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया दिनुहोस