इम्बोस्ड जडानमा सुस्त : सेवाग्राहीले दिएनन् चासो

विहीबार, १४ मंसिर २०७४, ०८ : २२
इम्बोस्ड जडानमा सुस्त : सेवाग्राहीले दिएनन् चासो

काठमाण्डौ । सरकारले मंसिर १ गतेदेखि सुरु गरेको प्रदेशअनुसार रहने इम्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी हुन सकेको छैन ।

यातायात व्यवस्था कार्यालय साना ठूला सवारी एकान्तकुना कार्यालय प्रमुख बसन्त अधिकारीले दुई सातामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि एक सयभन्दा केही बढी सवारीधनीले मात्र अनलाइनबाट आवेदन दिएको जानकारी दिए ।

सेवाग्राहीले नै चासो नदिएका कारण म्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी बन्न नसकेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पहिलो साता जडानका लागि सेवाग्राहीले चासो नदिए पनि विस्तारै अनलाइन आवेदन दिनेको संख्या बढिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस