बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ११ : ५५
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। माओवादी केन्द्र र नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बैठक बहिष्कार गरेका छन्।

कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएका हुन्। बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेताहरु बालुवाटार आइपुगिसकेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले ओलीले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस