सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम अनुमोदन

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ५९
सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम अनुमोदन

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस