एमालेको संसदीय दल एकतावद्ध छ :  कँडेल

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १५ : ५४
एमालेको संसदीय दल एकतावद्ध छ :  कँडेल

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले पार्टीभित्र समस्या भएपनि एमालेको संसदीय दल एकतावद्ध रहेको बताएका छन् ।आफ्नो दलको समस्यामा रूची नदेखाउन अन्य दललाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशमा प्रदेशसभा अधिवेशनको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले आफ्नो पार्टीमा सांगठनिक समस्या रहेको स्वीकार गरे । उनले भने, ‘त्यसमा हाम्रो रूची हुनुपर्ने हो, तर अलि परको साथीको ‘दिलचश्पी’ देखिराख्छु । यसले घर पनि बिग्रन्छ, सम्बन्ध पनि बिग्रन्छ ।’

एमालेमा देखिएको समस्याको आफूहरुले समाधान खोज्ने भन्दै उनले भने, ‘त्यसैलाई नै आधार बनाएर गर्ने कुरा छ, त्यसले न सम्बन्ध सुधार हुन्छ, न त वातावरण राम्रो बन्छ ।’

कर्णाली प्रदेशमा एमाले सबभन्दा ठूलो दल भए पनि पार्टी एकताका लागि मात्र शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनले बताए ।आज एमाले बनेर मात्र समर्थन फिर्ता नलिएको भन्दै उनले साबिककै नेकपाका ३२ मध्ये १८ सांसदले संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस