आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १० : ३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस