काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने बताइएको छ । अमेरिकी अधिकारीले मिडियासँगको कुराकानीमा राष्ट्रपति जो बाइडेनले केही दिन भित्रै यसबारे घोषणा गर्ने अनुमान लगाएका छन् ।
ट्रम्प प्रशासनको तालिबानसँग भएको वार्तामा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिकलाई मेसम्म फिर्ता बोलाउने निश्चित भइसकेको छ । तर अब अमेरिका यो समयसीमाको पालना गर्न नसक्ने अवस्थामा देखिएको छ ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने नयाँ समयसीमा संयोगवश वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा सन् २००१ मा भएको हमलाको २० औं वर्षगाँठ वरिपरि हुनेछ ।
जो बाइडेनले यसअघि १ मेको समयसीमा पालना गर्न मुश्किल हुने बताएका थिए ।
अमेरिका र नेटोका अधिकारीले कट्टरपन्थी इस्लामी संगठन तालिबानले अहिलेसम्म हिंसा कम गर्ने आफ्नो बचन पूरा गर्न असफल रहेको बताएका छन् ।
बाइडेन प्रशासनका एक अधिकारीले मिडियासँगको कुराकानीमा यदि अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीका बेला कुनै हमला गरे यसको पूरा शक्तिसहित जवाफ दिइने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ बैशाख २०७८, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
अफगानिस्तानमा रुसी जहाज दुर्घटना
टी-२० : भारतद्वारा अफगानिस्तान ३-० ले क्लिन स्विप
भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का महसुस
युद्धग्रस्त मुलुक हुनका बाबजुद सन् २०२३ मा अफगानिस्तानको निर्यात बढ्यो
क्रिकेट विश्वकपमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै