काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरैमा संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख ५८ हजार ८०५ पुगिसकेको छ । तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ६९ हजार २७५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८३९ कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० चैत्र २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण